सांग्रिला बैंकद्वारा १६ करोड ४० लाख खुद मुनाफा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले १६ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा यो नाफा १३.८८ प्रतिशत कम हो ।

बैंकका मुख्य दुई सुचक मध्ये ब्याज आम्दानी यो चालु आवमा ५४ करोड २१ लाख रुपैयाँ भएको छ । त्यस्तै, अर्को सुचक संचालन नाफा पनि कमी भएको छ ।

गत वर्ष २७ करोड ५८ लाख रुपैयाँबाट घटेर २२ करोड २४ लाख रुपैयाँमा संकुचित भएको छ । यो बैंकले दोस्रौ त्रैमाससम्ममा ३४ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २७ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको विवरणमा उल्लेख छ ।

प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा छ भने ६५ करोड ८७ लाख रुपैयाँ बैंकले जगेडा कोषमा जम्मा गरेको छ ।

२०७७ माघ १६ गते १६:४० मा प्रकाशित

You can share this post!

साझा सेवाका पाँच थान ट्याङ्कर सञ्चालनमा

साझा सेवाका पाँच थान ट्याङ्कर सञ्चालनमा

Related posts