डेढ महिनामा भित्र कोरोना बीमाको सबै दाबी भुक्तानी हुन्छः कार्यकारी निर्देशक पौडेल

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमाको दाबी भुक्तानी अबको डेढ महिना भित्रको सबै फर्यौट हुने बताउनु भएको छ ।

 

बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालको पदभार ग्रहण कार्यक्रममा यस्तो बताउनु भएको हो ।
पौडेलले अहिले कोरोना बीमाको दाबी भुक्तानी फास्ट ट्रयाकबाट काम भइरहेको जानकारी गराउँदै अबको डेढ महिनमा सबैको भुक्तानी हुने बताताउनु भयो ।

 

कार्यक्रममा उहाँले बीमा कम्पनीहरुको वित्तीय विवरणमा एनएफआरएस प्रणाली लागु भइसकेको पनि जानकारी गराउनु भयो । उहाँले अब चाँडै नै रिक्स बेस क्यापिटलमा जान लागेको जानकारी गराउनु भयो ।

२०७७ माघ २३ गते १४:४७ मा प्रकाशित

You can share this post!

झण्डै दर्जन चुनौतीको चाङमा बीमा समितिका अध्यक्ष सिलवाल, कायम राख्लान कुशल प्रशासकको ट्याग ?

झण्डै दर्जन चुनौतीको चाङमा बीमा समितिका अध्यक्ष सिलवाल, कायम राख्लान कुशल प्रशासकको ट्याग ?

Related posts