सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ९.८० % ले बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा सुधार देखिएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा ९.८० प्रतिशत बढी नाफा आर्जन गरेको छ ।

 

संस्थाले गत आवको दोस्रो त्रैमासमा १० करोड ३ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा यो बढेर ११ करोड १ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

 

यो अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १ अर्ब ३७ करोड ५३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ७९ करोड ३६लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

 

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ करोड ८० लाख ४९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४२ करोड १ लाख ३० हजार रुपैयाँ रहेको थियो । यस्तै जीवन बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख ६९ हजार रुपैयाँ रहेको छ भने महा विपत्ती जगेडामा ६ करोड ८४ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

२०७७ माघ २५ गते १२:०८ मा प्रकाशित

You can share this post!

फेरि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

Related posts