back
NMB ad

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

Kumari bank ad

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत खनान गोडरबीच भेटवार्ता भएको छ ।

मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सको विषयमा छलफल गरिएको थियो ।

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो । उक्त कार्यक्रम सञ्चालनका निम्ती नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ भने, इजरायलले पनि आफ्नो प्रतिनिधि छनौट गरिसकेको छ ।

छलफलका क्रममा बोल्दै मन्त्री अर्यालले नेपाली कृषकहरुलाई इजरायली प्रविधिको तालिम/प्रशिक्षणको व्यवस्था गर्नसके नेपाली कृषि उत्पादनमा पनि बृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।

इजरायल सरकारले ‘कमाउ र सिक’को अवधारणाअनुसार ५ सय जना बढी नेपाली विद्यार्थीहरुलाई प्रतिवर्ष इजरायलमा ११ महिने तालिमको अवसर प्रदान गर्ने गरेको भन्दै उक्त तालिमबाट नेपाली विद्यार्थीहरुले प्राप्त गरेको ज्ञान, सीपले सफल उद्यमी बन्ने अपेक्षा नेपाल सरकारले लिएको विश्वास व्यक्त गर्नुभयो ।

नेपालबाट हाल रोजगारी एवं अन्य सिलसिलामा ३ हजार बढी नेपालीहरु इजरायलमा रहेको भन्दै मन्त्री अर्यालले इजरायल पुगेका नेपालीहरुप्रति त्यहाँको सरकारले उपलब्ध गराएको अवसर र असल व्यवहारबाट नेपाल सरकार आभारी रहेको बताउनुभयो ।


जवाफमा नेपालका लागि इजरायलका राजदूत हानान गोडरले इराजयलको प्राविधिकि सहयोगमा सञ्चालन हुन गइरहेको नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स कार्यक्रम सफल बनाउन इजरायल सरकारको तर्फबाट आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने बताउनुभयो ।

नेपाल सरकार र इजरायल सरकारद्वारा संयुक्त रुपमा सञ्चालन हुने उक्त कार्यक्रमले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायिकरणको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ । जसमा नेपाली कृषकहरुले आधुनिक प्रविधिको प्रयोग गर्दै नेपालको कृषि क्षेत्रमा उत्पादकत्व बृद्धि गर्ने लक्ष्य रहेको छ ।

वि.सं.२०७७ माघ २८ बुधवार १६:३६ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...