नेप्सेले फुकुवा गर्यो ७ वटा कम्पनीको सेयर कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार रोक्का गरेका ७ वटा कम्पनीको कारोबार फुकुवा गरेको छ ।

नेप्सेका अनुसार कर्णाली डेभलपमेन्ट बैंक, गुँरास लाइफ इन्स्योरेन्स, पाँचथर पावर कम्पनी, राधी विद्युत कम्पनी, यूनिभर्सल पावर कम्पनी, युनियन हाईड्रोपावर कम्पनी र नेशनल माइक्रोफाइनान्स लघुवित्तको कारोबार फुकुवा गरेको हो ।

केही दिन अघि नेप्सेले १३ वटा कम्पनीले समयमा नै धितोपत्र बोर्डमा आवश्यक कागजात पेश नगरेको, आर्थिक वर्ष २०७५/७६ को बार्षिक प्रतिवेदन बोर्डमा पेश नगरको भन्दै कारोबार रोक्का गरेको थियो ।

२०७७ माघ २८ गते १६:५८ मा प्रकाशित

You can share this post!

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता

Related posts