काठमाडौं । प्रभु इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
जसमा बोनस १० र ०.५३ प्रतिशत नगद (कर प्रयोजनको लागि) दिने प्रस्ताव गरेका हो । कम्पनीले आव २०७६/०७७ का वित्तीय विवरण स्वीकृतीका लागि बीमा समितिमा पेश गरेको जनाएको छ । समितिले स्वीकृत दिएर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
वि.सं.२०७७ फागुन २ आइतवार १०:३४ मा प्रकाशित