सिटीजन लाइफको ७५ करोडको आईपीओ आउँदै, कहिले हुन्छ त निष्काशन ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आउने भएको छ ।  कम्पनीको आइतवार सम्पन्न तेस्रो साधारण सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको छ ।

कम्पनीले ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गरेको हो । ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ विक्री गर्ने प्रस्ताव पारित गर्नुअघि नै रेटिङ सम्पन्न गरिसकेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैँया रहेको छ । आईपीओ पश्चात कम्पनीको पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

२०७७ फागुुण २ गते १७:३० मा प्रकाशित

You can share this post!

महिला लघुवित्तको आईपीओमा साढे ९ लाख बढीले दिए आवदेन

महिला लघुवित्तको आईपीओमा साढे ९ लाख बढीले दिए आवदेन

Related posts