आईएमई जनरल इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश दिने

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षक २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेको हो ।

इन्स्योरेन्सले १ अर्ब ८ करोड १८ लाख ३६ हजार रुपैयाँको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद (कर प्रयोजनको लागि) लाभांश दिने प्रस्ताव गरेको हो । उक्त ७.३७ प्रतिशत लाभांश बीमा समितिले स्वीकृत गरेर इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

२०७७ फागुुण ५ गते १०:३१ मा प्रकाशित

You can share this post!

महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Related posts