काठमाडौं । आउँदो आइतवार ( फागुन ९ गते) सिभिल बैंकको साधारण सभा हुने भएको छ ।
सभाले ८ प्रतिशत बोनस शेयर र शून्य दशलमव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले सभा केन्द्रीय कार्यालयमा विहान ११ बजे आयोजना गर्न लागेको हो ।
गत माघ २२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
वि.सं.२०७७ फागुन ७ शुक्रवार १४:३५ मा प्रकाशित