back
NMB ad

मार्सी बियर, माफिया ह्वीस्की र डन इनर्जी ड्रिंक ल्याउँदै व्यवसायी दुर्गा प्रसाईं

Kumari bank ad

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई झण्डै तीन वर्ष अघिदेखि मार्सी, मार्सी भनेर धेरै नै दुष्प्रचार गरियो । त्यती मात्रै उहाँलाई मेडिकल माफिया र डन भनेर दुष्प्रचार गर्नेको यो समाजमा कमी भएन । आफुलाई जुन उपमा दिएर दुष्प्रचार गरियो त्यही शब्दलाई ब्राण्डिङगर्दै प्रसाईंले वियर, ह्वीस्की र इनर्जी ड्रिंकको उत्पादन गर्ने तयारी थाल्नुभएको छ ।

 

उहाँलाई सुरु सुरुमा यो शब्द सुनेर धेरै नै मनमा खिन्नता पैदा हुने गरेको थियो । आफुले राम्रो काम गर्दा गर्दै पनि आफूलाई जुन जुन शब्दले गाली गरियो त्यो शब्द सुन्दा निकै असहज महशुस हुने गरेको थियो । क्रमिक रुपमा उहाँलाई यस्ता शब्दले निरन्तर प्रहार गर्न थालियो, त्यसपछि उहाँले यी नै शब्दलाई व्यवसायीक रुपमा लिन थाल्नु भयो । जो जसले त्यस्ता शब्द प्रयोग गरेर गाली गर्ने गरेका थिए, उनीहरुलाई समातेर किन यस्तो शब्दले मलाई गाली गरेको भनेर भन्न सम्भव हुने कुरा भएन ।

 

निरन्तर एकै खाले शब्दले गाली खानुपरेपछि त्यही शब्दलाई प्रसाईंले ब्रान्डिङ गर्न लाग्नु भएको छ । उहाँ फागुन तेस्रो सातासम्म मार्सी बियर बजारमा ल्याउने तयारीमा लाग्नु भएको छ । प्रसाईका अनुसार मार्सी बियर यही महिनाको २०, २२ गतेसम्म उत्पादन भएर बजारमा आउने छ । यता माफिया ह्वीस्की र डन इनर्जी ड्रिंक केही समयमा उत्पादन हुनेछ । ह्वीस्की र इनर्जी ड्रिंकको उत्पादनको लागि प्लान्ट बनाउने कार्य जारी रहेको प्रसाईंले अर्थतन्त्रलाई बताउनु भयो । यी तीनवटै उत्पादन एकै ठाँउबाट उहाँको भनाई छ ।

तपाईलाई जुन शब्दले यति धरै गालि गरियो, त्यही शब्दलाई उत्पादनमा किन परिणत गर्न लाग्नु भएको ? भन्ने प्रश्नमा प्रसाईंले भन्नुभयो, ‘नकारात्मक भित्र सकारात्मक खोज्ने भनेको यही हो । मलाई नराकात्मक भित्र सकारात्मक खोज्न ज्यादै मन पर्छ ।’ पहिलो चरणमा उत्पादन हुन लागेको मार्सी बियर प्रिमियम र स्ट्रङसहित दुई वटा ब्राण्डमा बजारमा उपलब्ध हुनेछ । यसको उद्योग भैरहवामा रहेको छ । बियर, ह्वीस्की र इनर्जी ड्रिंक उत्पादनको लागि भैरहवामा रहेको ट्राइगर ब्रुअरीको फ्याक्ट्रि खरिद गरेर त्यसमा आवश्यक भौतिक पूर्वाधारको काम सकिएको उहाँले अर्थतन्त्रलाई बताउनु भयो ।

 

अहिले बियर उत्पादनको लागि परिक्षणको काम जारी रहेको प्रसाईंको भनाइ छ । ६ अर्ब लगानी रहेको उक्त उद्योगले अहिले ५ सय जनालाई रोजगारी दिइरहेको छ । मार्सी वियर बजारमा आएपछि १५ सय जनासम्मले रोजगारी पाउने छने भने र ह्वीस्की र इनर्जी ड्रिंक उत्पादनमा आएपछि २ हजार भन्दा बढीले रोजगारी पाउने प्रसाईको दाबी छ । मार्सी बियरमा हुम्ला, जुम्ला जिल्लामा उत्पादन भएको मार्सी चामलको ३० प्रतिशत प्रयोग हुने छ भने बाँकी ७० प्रतिशत जौ को प्रयोग हुने उहाँले बताउनु भयो । उक्त बियरको मूल्य बजारमा चलेका अन्य बियर सरह नै हुनेछ । बियर, ह्वीस्की तथा इनर्जी ड्रिंकको नेपालमा खपत हुनुका साथै भारतमा समेत निर्यात गर्ने तयारी रहेको उहाँले बताउनु भयो ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १७:३९ मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...