back
NMB ad

सुपर त्रिशुली जलविद्युत आयोजना ब्लयू इनर्जीले बनाउने, सात बैंकको १२ अर्ब लगानी

Kumari bank ad

काठमाडौं । गोरखा र चितवनको दोसाधस्थित त्रिशूली नदिमा ब्लयू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको सुपर त्रिशुली जलविद्युत आयोजनाका लागि नेपाली सात बैंकले ऋण लगानी गर्ने भएका छन् ।

नेपालइन्भेस्टमेन्ट बैंकको अगुवाईमा ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत आयोजनालाई सात बैंकले १२ अर्ब १८ करोड ऋण लगानी गर्ने भएका हुन् ।

उक्त आयोजनाका लागि इन्भेस्टमेन्ट बैंकसहित कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपालएसबीआई बैंक र नबिल बैंकले ऋण लगानी गर्ने भएका हुन् ।

आयोजना निर्माणमा वित्तिय व्यवस्थनका लागि सराफ समूहका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनीधिहरुबीच सम्झौतामा हस्ताक्षर समेत भएको छ । उक्त आयोजनामा सराफ समूहको लगानी छ ।

१६ अर्ब २४ करोड ६६ लाख रुपैयाँलागतअनुमानगरिएको आयोजना निर्माणका लागि सात बैंकहरुले १२ अर्ब १८ करोड ४९ लाख रुपैयाँ ऋण लगानी गर्ने सराफ समूहका कार्यकारी निर्देशक बरुण सराफले बताउनुभयो ।

उहाँकाअनुसार उक्त आयोजना स्वदेशी बैंक तथा वित्तीय संस्थाहरुबाटै ऋण लगानी जुटेको १०० मेगावाटभन्दा माथिका आयोजनामध्ये निजी क्षेत्रबाट प्रवद्र्धित एक ठूलो आयोजना पनि हो । जुन चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सन् २०२१ को नोभेम्बरसम्ममा मुख्य निर्माणको कार्य सुरु गरिने निर्देशक सराफले जानकारी दिनुभयो । सराफ समूहले २३.५ मेगावाटको अपर सोलु जलविद्युत आयोजना सम्पन्न गरिसकेको जनाएको छ ।

निर्माणका लागि सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् मार्किचोक सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्म १८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन उक्त सवस्टेनमा जोडिने कम्पनीले जनाएको छ ।

वि.सं.२०७७ फागुन १४ शुक्रवार ११:१८ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...