back
NMB ad

कमलपोखरी पुननिर्माणमा भ्रम सिर्जनाः पुरातत्व विभागले काम गर्न रोक्ने, अपजस महानगरले व्यहोर्नु पर्योः मेयर शाक्य

Kumari bank ad

काठमाडौं । काठमाडौं महानगरकाका मेयर विद्यासुन्दर शाक्यले महानगरले पुननिर्माण गरिरहेकोे कमल पोखरीका बारेमा धेरै भ्रम सिर्जना गरेको दाबी गर्नुभएको छ । काठमाडौंका स्थानीय जनता, भाषा तथा जाति सम्बन्धी खलः पुचःहरूलाईसमेत भ्रमित तुल्याउन खोजिएको दाबी गर्नुभएको हो ।

‘अहिले कमलपोखरीको मौलिकता बचाउने नारा लागिरहेको छ, यसको मौलिकता के हो हामीलाई दिनुस् भन्दा पुरातत्व विभाग आफूलाई थाहा छैन भन्छ’ उहाँले भन्नुभयो ‘कमल पोखरी पुनर्निर्माण गर्दा त्यहाँको वातावरण कसरी बिग्रियो भन्दा त्यसको तथ्यमा उत्तर कसैले दिँदैन । यस प्रकारको विरोधलाई कसरी बुझ्नु ? यो त विरोधका विरोध मात्र हो ।’

पोखरी पुननिर्माण गर्दा क्षेत्र बढाउन लागिएको प्रसङ्ग उल्लेख गर्दै शाक्यले महानगरपालिकाले कमलपोखरी बिगार्न वा नास्न नखोजेको उल्लेख गर्नुभयो । पहिलेभन्दा पोखरीको आकार बढाउन डिलमा रहेको प्रहरी वृत्त स्थानान्तरण गरिसकिएको छ । क्लबको भवन हटाउने काम सकिएको उहाँको भनाई छ । राजनीतिक अभिष्ट भएका मानिसहरू अहिले सम्पदा अभियन्ताको खोल ओढेर विरोधमा आएको महसुस भएको उहाँको तर्क छ ।

मेयर शाक्यले कमी कमजोरी भएको भए तथ्यमा औल्याउन समेत आग्रह गर्नुभयो । ‘स्थानीय सांस्कृतिक जीवनलाई जोगाउन हामी लगानी गर्छौं’ उहाँले भन्नुभयो ‘बर्षौंदेखि आएका चलनलाई बचाउन पाटी, सत्तललगायत सांस्कृतिक संरचना निर्माण गर्छौं । हामी सम्पदा बनाउँदै जाने, अनि सम्पदा बचाउँछौं भनेर जिम्मा पाएका निकाय तिनै संरचनालाई भाडा लगाएर आय गर्ने गरिरहेका छन् । अब हामी यसो हुन दिँदैनौं ।’

पुरातत्व विभागले काम गर्न रोक्ने र त्यसको अपजस महानगरले व्यहार्नु परेको उनको भनाइ छ । विवाद सिर्जना गरेपछि त्यसको दायित्व लिन कुनै पनि निकाय अगाडि नसरेको उहाँले बताउनु भयो । ‘हामीले हनुमान ढोका दरबार क्षेत्रमा पुरातत्व विभागले हेर्ने संरचनामा व्यापार नगर्न पत्राचार गरेका छौं’ उहाँले भन्नुभयो ‘यसमा उसको प्रतिक्रिया पर्खिरहेका छौं ।’– प्रशिक्षार्थी पत्रकार

 

वि.सं.२०७७ फागुन १७ सोमवार १०:४६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...