back
NMB ad

मोटर बीमा शुल्क आर्जन घट्यो, कुल दाबी र तेस्रोपक्ष दाबी भुक्तानी सुस्त !

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका निर्जीबन बीमा कम्पनीहरुको गत आर्थिक वर्षमा मोटर बीमाबाट हुने बीमा शुल्क आर्जन, तेस्रोपक्ष दायित्व बीमाशुल्क आर्जन, कुल दाबी भुक्तानी र तेस्रोपक्ष दावी भुक्तानीको रकम घटेको छ ।

प्राप्त तथ्याङक अनुसार अघिल्लो आवको तुलनामा निर्जीबन बीमा कम्पनीको बीमा शुल्क आर्जन ३.७५ प्रतिशत, तेस्रोपक्ष दायित्व बीमाशुल्क आर्जन ४.३६ प्रतिशत, कुल दाबी भुक्तानी ६.२९ र तेस्रोपक्ष दावी भुक्तानी २४.८६ प्रतिशतले घटेको छ ।

निर्जीबन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/०७७ दुई पाङग्रे र चार पाङग्रे सवारी साधानबाट १० अर्ब ४५ करोड ३८ लाख ८ हजार ३१ रुपैयाँ मोटर बीमाबाट बीमा शुल्क आर्जन गरेका छन् । प्राप्त तथ्याङक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४० करोड ८४ लाख १३ हजार ७८३ रुपैयाँले कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा निर्जीबन बीमा कम्पनीहरुले मोटर बीमाबाट १० अर्ब ८६ करोड २२ लाख २१ हजार ८१४ रुपैयाँ आर्जन गरेका थिए । यसमा लुम्बिनी जनरल इन्स्योरेन्सको तथ्याङक भने समावेश गरेको छैन ।

समितिका अनुसार गत आवमा निर्जीबन बीमा कम्पनीले तेस्रो पक्ष दायित्व बीमाशुल्कबाट २ अर्ब ९० करोड १५ लाख ८८ हजार ३६९ रुपैयाँ आर्जन गरेका छन् । यो पनि अघिल्लो आवको सोही अवधिको तुलनामा ४.३६ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ३ करोड ४१ लाख ३५ हजार ६०३ रुपैयाँ रहेको छ ।

यस्तै निर्जीबन बीमा कम्पनीले गत आवमा ५ अर्ब ६५ करोड ९० लाख २३ हजार ११८ रुपैयाँ दाबी भुक्तानी गरेका छन् । अघिल्लो आवको तुलनामा यो वर्ष कम्पनीहरुको दाबी भुक्तानी पनि ६.२९ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीहरुको दाबी भुक्तानी ६ अर्ब ३ करोड ९३ लाख २९ हजार ६६६ रुपैयाँ रहेको थियो ।

यस्तै तेस्रो पक्ष दाबी भुक्तानी पनि २४.८६ प्रतिशतले घटेर १ अर्ब ४९ करोड ३२ लाख ८६ हजार ८९८ रुपैयाँमा सिमित बनेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले तेस्रो पक्ष दाबी भुक्तानी स्वरुप १ अर्ब ९८ करोड ७२ लाख ५२ हजार ६३४ रुपैयाँ गरेका थिए ।

वि.सं.२०७७ फागुन २० बिहीवार १६:३० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...