कोरोना बीमा बापत ४ अर्ब ६६ करोड भुक्तानी

काठमाडौं । बीमा समितिका अनुसार फागुन २१ गते (आज) सम्म कोरोना बीमा बापत ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको छ ।

समितिका अनुसार फागुन २१ गतेसम्म कारोना बीमाको लागि ८४ हजार ८७४ वटा दाबी परेका छन् । परेको दाबी मध्ये ४८ हजार ६९ वटा फाइलको दाबी भुक्तानी भएको छ भने आवश्यक कागजात नपुगेका तीन हजार ६३९ वटा फाइल बीमा कम्पनीमा फिर्ता भएको छ ।

१० हजार ९४६ वटा दाबी भुक्तानीको फाइल ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी रहेका छन् । यस्तै ४ हजार २३३ फाइल अध्ययनका ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउने क्रममा रहेको छ ।

समितिका अनुसार ४८२ वटा दाबी दोहोरो आवेदनका कारण रोक्का गरिएको छ भने १४ हजार ३९३ वटा दाबी भुक्तानीको फाइल स्वीकृत हुने प्रक्रियामा रहेका छन् ।

 

२०७७ फागुुण २१ गते १३:२१ मा प्रकाशित

You can share this post!

सातामै ६९ हजारले लिए अनलाइन सेवा, दोस्रो बजारमा सकृय सेयर लगानीकर्ता ६ लाख

सातामै ६९ हजारले लिए अनलाइन सेवा, दोस्रो बजारमा सकृय सेयर लगानीकर्ता ६ लाख

Related posts