काठमाडौं । महुली लघुवित्तको २१ प्रतिशत लाभांश वितरण राष्ट्र बैंकले स्वीकृत गरेको छ । गत माघ २९ गते संस्थाको संचालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
महुलीले नव किरण लघुवित्तालाई गाभेको थियो । कम्पनीले आर्थिक वर्ष २०७६ ७७ सम्मको संचित मुनाफबाट मर्जर पश्चातको २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
उक्त लाभांश साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुने छ ।
वि.सं.२०७७ फागुन २३ आइतवार ११:३२ मा प्रकाशित