काठमाडौं । भोलि (फागुन २५ गते) दुई वित्तिय कम्पनीको साधारणसभा हुँदैछ । मंगवार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सभा हुन लागेको हो ।
लाइफ इन्स्योरेन्सले एलआईसी शिक्षालय नक्साल, काठमाडौंमा बिहान १०ः३० बजे र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आफनै केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा दिउँसो १ बजे गर्न लागेको हो ।
फाइफ इन्स्योरेन्सको सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । फागुन ६ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।
त्यसैगरी निर्धन उत्थान लघुवित्तको सभाले १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त कम्पनीको लाभांश फागुन १० गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।
वि.सं.२०७७ फागुन २४ सोमवार १३:१६ मा प्रकाशित