शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज शिखर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म शेयर कायम गर्ने शेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीको साधारण सभा चैत ९ गते हुने भएको छ । कम्पनीले शेयरधनीलाई २७ दशमलव ७७ प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

२०७७ फागुुण २५ गते ११:२३ मा प्रकाशित

You can share this post!

कारोबार सुरुभए लगत्तै चन्द्रागिरी हिल्समा सकारात्मक सर्किट, कति पुग्यो सेयरको मूल्य ?

कारोबार सुरुभए लगत्तै चन्द्रागिरी हिल्समा सकारात्मक सर्किट, कति पुग्यो सेयरको मूल्य ?

Related posts