back
NMB ad

निजी क्षेत्र आर्थिक विकासको ‘रियल एक्टर’ हो : वरिष्ठ उपाध्यक्ष ढकाल

Kumari bank ad

बीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि ’रियलएक्टर’ भएको बताउनुभएको छ ।

उहाँले ’मुलुकको विकास र आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताउनभुयो । विरगन्ज उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभालाई सम्वोधन गर्ने क्रम ढकालले यस्तो बताउनुभएको हो । उहाँले कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट पार्नुभयो ।

“निजी क्षेत्रले रोजगारी सृजना गर्नुका साथै मुलुकलाई राजस्वमा योगदान पुराउने र पूर्वाधार निर्माण र यसको विकासमा पनि मुख्य भुमिका खेलेकाले निजी क्षेत्र भनेको देश विकासको एक रियल एक्टर भएको स्पष्ट पार्नुभयो ।

नेपालमा कर तिर्ने देशहरुको हिसाब गर्ने हो भने १९० देशहरुको हिसाब गर्दा हामी १७५स्थानमा रहेको पनि उहाँले जानकारी गराउनुभयो। त्यस्तै लजिस्टिकको हिसाबले ११४ वटा देशलाई तुलना गर्दा खेरी हामी १०८औँ नम्बरमा परेको जानकारी गराउनुभयो ।

देशमा व्यवसायिक क्रियाकलापहरु बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको भन्दै त्यसको सुधारका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशमा लगानको वातावरण निर्माण गर्न र निजी क्षेत्रमैत्री नीतिको अख्तियार गर्न तीनै तहको सरकारले समन्वयकारी भुमिका निर्वाह गर्नुपने बताउनुभयो ।

वि.सं.२०७७ फागुन २८ शुक्रवार १८:२६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...