back
NMB ad

५ बीमा कम्पनी सिइओ बिहीन, एक महिना भित्र नियुक्ती गर्न समितिको निर्देशन !

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेको ५ वटा बीमा कम्पनी नेतृत्व बिहीन भएपछि बीमा समितिले गत साता एक महिना भित्र सिइओ नियुक्त गर्न निर्देशन दिएको छ ।

५ वटा बीमा कम्पनीले समयमा नै प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त नगरेपछि बीमा समितिले ती कम्पनीहरुलाई एक महिना भित्रै सिइओ नियुक्ती गर्न निर्देशन दिएको हो । अहिले सूर्या लाइफ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स नेतृत्व बिहीन बनेका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभाले सन्तोष प्रसाइलाई सिइओमा नियुक्त गरेपनि बीमा समितिसँग अनुमति नलिएका कारण समितिले त्यसलाई मान्यता दिएको छैन ।

समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलका अनुसार ५ वटा बीमा कम्पनीलाई गत साता नै सिइओ नियुक्त गर्न निर्देशन दिइएको छ । नेपाल लाइफ इन्स्योरेन्सले सिइओ नियुक्ती गरेको भनेपनि समितिबाट अनुमति लिएको छैन् । समितिबाट स्वीकृती नलिएका कारण तत्काल सिइओ नियुक्ती गर्न निर्देशन दिएको पौडेलले अर्थतन्त्रलाई बताउनु भयो ।

अहिले नेपाल लाइफ बाहेकका ४ वटा कम्पनीले कार्यवाहक सिइओको भरमा काम गरिरहेका छन् । बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७५ मा अनुसार कम्पनी चलेका छैनन् ।

नेपाल लाइफले यसअघिका सिइओ विबेक झाले छोडेपछि समितिको अनुमति नै नलिई तत्कालिन डेपुटी सिइओ सन्तोष प्रसाइलाई कार्यवाहक हुँदै पूर्ण सिइओ बनाएपछि समितिले स्पष्टिकरण सोधेको हो ।

सूर्या लाइफ इन्स्योरेन्समा पनि सिइओ छैनन् । तत्कालिन सिइओ शिवनाथ पाण्डेले राजीनामा दिएपछि डेपुटी सिइओ पवनकुमार खड्कालाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको छ । नयाँ सिइओ नियुक्तीमा भने कम्पनीले ध्यान दिएको छैन ।
यस्तै नेशनल लाइफ इन्स्योरेन्समा पनि अहिले सिइओ नियुक्त गरिएको छैन । कम्पनी अहिलेपनि कार्यवाहक सिइओ सुरेश प्रकाश खत्रीको भरमा कम्पनी चलाइरहेको छ ।

त्यस्तै निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्स पनि निमित्तको भरमा चलेको छ । तत्कालीन महाप्रबन्धक एसके तमोटले राजीनामा दिएपछि सिइओ नियुक्त गर्न सकेको छैन । अहिले कम्पनीले विनेस मास्केलाई कार्यवाहक महाप्रबन्धकको जिम्मेवारी दिएको छ । तर महाप्रवबन्धक नियुक्त गर्न सकेको छैन ।

जनरल मात्रै होइन युनाइटेड इन्स्योरेन्स पनि अहिले कार्यबाहकको भरमा न चलेको छ । तत्कालिन सिइओ शेखर बरालले राजीनामा दिएपछि कम्पनी २ वर्ष कार्यवाहकको भरमा चलेको थियो । त्यो बेला २ वर्ष रमेश भट्टराईलाई कार्यबाहकको जिम्मेवारी दिएको थियो । अहिले फेरी उपासना पौडेललाई कार्यवाहकको जिम्मेवारी दिइएको छ । साढे दुई वर्ष भन्दा बढी हुन लागिसक्यो कम्पनी कार्यवाहकको भरमा चलेको छ । अहिले पनि कम्पनी कार्यवाहकको भरमा नै चलेको छ ।

किन कार्यवाहकको भरमा मात्रै चल्छन कम्पनी ?

एक कम्पनीका अधिकारीका अनुसार बीमा कम्पनीहरुले खर्च बचाउनको लागि भन्दै सिइओ नियुक्त नगरेका हुन । अहिले कम्पनीहरुलाई किन सिइओ नियुक्त नगरेको भनेर सोध्ने हो भने दक्ष, योग्य सिइओ नपाएको भन्ने तर्क गर्ने गरेका छन् ।

ती अधिकारीका अनुसार अहिले कम्पनीहरुले दक्ष सिइओ नपाउनु भन्दा पनि ‘एस म्यान’ नपाउने र खर्च कटौती गर्नको लागि नै सिइओ नियुक्त नगरेका हुन । यता कम्पनीमा जो कम उमेरमा डेपुटी रहेका हुन्छन, उनीहरु पनि सिइओ बन्न तयार नहुने देखिएका छन् । कम्पनीको सिइओ बन्दा दुई कार्यकाल भन्दा बस्न नपाइने भएकाले पनि डेपुटी भन्दा माथी जान नचाहने गरेको देखिएको छ । यस्तै कम्पनीहरुले खर्च कटौती गर्न पनि सिइओ नियुक्तीमा आनाकानी गरिरहेका छन् ।

कम्पनीहरुले खर्च घटाउने नाममा निमित्तको भरमा कम्पनी चलाउँदा कम्पनीको संस्थागत शुसानमा प्रश्न समेत उठने गरेको छ । कम्पनीहरुले तत्काल सिइओ नियुक्त नगर्ने हो भने समितिले एक्सन लिने समेत तयारीमा लागेको बुझिएको छ ।

वि.सं.२०७७ चैत ३ मंगलवार ११:३८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...