back
NMB ad

निर्जीवन बीमा कम्पनीले संकलन गरे सवा २० अर्ब बीमा शुल्क, कुन कम्पनीको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा निर्जीवन बीमा कम्पनीले २० अर्ब २० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

२० वटा कम्पनी मध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ वटा कम्पनीले ८ महिनामा २० अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । फागुन महिनामा मात्रै २ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिका अनुसार यो अवधिमा सबैभन्दा बढी शिखर इनस्योरेन्सले २ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । बढी बीम शुल्क आर्जन गर्ने दोस्रो कम्पनीमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । इन्स्योरेन्सले फागुन महिनासम्ममा १ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा रहेको नेको इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै नेपाल इन्स्योरेन्सले ८४ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ७३ करोड, नेशनलले ५५ करोड, हिमालयन जनरलले ६० करोड, यूनाइटेड इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जानकारी गराएको छ ।

यस्तै इभरेष्टले ६७ करोड, प्रभुले १ अर्ब, आइएमईले १ अर्ब, प्रुडेन्सियलले ९४ करोड, लुम्बिनी जनरलले ९२ करोड, सिद्धार्थले १ अर्ब ५७ करोड, जनरल इन्स्योेरेन्सले ४७ अर्ब, अजोडले ८९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् भने सानिमा जनरल इन्स्योरेन्सले ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

वि.सं.२०७७ चैत १२ बिहीवार ०८:५७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...