फेरी लकडाउन हुन सक्ने प्रधानमन्त्री ओलीको संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सावधानी नअपनाए फेरी लकडाउन हुने तर्फ संकेत गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शको ७० औं साधारणसभामा प्रधानमन्त्री ओलीले अब सबै नेपालीले सावधानी नअपनाएको खण्डमा लकडाउन हुने संकेत गर्नुभएको हो । उहाँले भारतमा १ लाखभन्दा बढी सक्रमित बढेको भन्दै नेपालमा पनि सचेतना अपनाउनु पर्ने धारणा राख्नुभयो ।

उहाँले पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ,’ यो बेला सबै नेपालीले सावधानी नअपनाए झनै समस्या हुने उल्लेख गनुभयो । उहाँले सबै नेपालीलाई स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गनुभयो ।

२०७७ चैत्र २६ गते १८:२२ मा प्रकाशित

You can share this post!

५० देशबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने

५० देशबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने

Related posts