राज्यले धर्म काँटा राखेर धर्म छोड्यो, भारतीय गाडीको सिन्डिकेट बढ्यो : यादवलाल श्रेष्ठ [अन्तर्वार्ता]

यादवलाल श्रेष्ठ, संस्थापक अध्यक्ष, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति

तपाईँहरूले उपत्यका भित्र पुरै समय ट्रिपर चलाउन माग गरिरहनु भएको छ सरकार मानिरहेको छैन, कारण के हो ?

यो भन्दा दुई-तीन वर्ष अगाडि हामीले राम्रो ढङ्गले ट्रिपर सञ्चालन गरिरहेका थियौ । तथापि त्यो समयमा अलि बढी दुर्घटना बढ्यो भनेर बेलुकामा मात्रै चलाउन दिने भनियो । जस अनुसार बेलुका ८ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न दिइयो । तर, दुर्घटना कम भएपछि, र कम गर्न सकेपछि दिउँसो पनि सञ्चालन गर्ने पाउने भनेर राज्यले भनेको थियो ।

अहिले सबैको पहलमा यस्तो दुर्घटना ७० प्रतिशत कम आइसक्यो । दुर्घटनामा ट्रिपरको मात्रै दोष हुँदैन, कहीँ कतै हुन पनि सक्छ । एकाध घटनालाई हेरेर सबैलाई खराब भन्न मिल्दैन । उपत्यकामा सवारी दुर्घटना न्यूनीकरण गर्ने हो भने मोटरसाइकलको बाटो फरक हुनुपर्छ । बढी मोटरसाइकलले बायाँ साइटबाट गुडेन गर्दछन् । त्यस कारण पनि दुर्घटना बढी भएको हो ।

हामीले धेरै समय अगाडि भक्तपुर क्षेत्रमा मोटरसाइकलको लागि छुट्टै बाटो चाहिन्छ, त्यो बाटोबाट मात्रै जानु पर्छ भनेर ट्राफिक महाशाखामा पुग्यौ । त्यो केही समय मात्रै कार्यान्वयनमा आयो । ट्रिपरको कारण मात्रै दुर्घटना भयो भनेर सञ्चालनमै रोक लगाउनु गलत हो । ट्रिपर सञ्चालनमा रोक लगाउने हो भने यसको आयातमा पनि रोक लगाउनुपर्छ ।

सरकारले भनेको ‘समृद्ध नेपाली सुखी नेपाली’ अभियान पुरा गर्नको लागि पनि ट्रिपर अनिवार्य आवश्यक छ । तर सरकारले त्यसैको आवत जावतमा रोक लगाएको छ । रोडा, ढुङ्गा, माटो गिटी बालुवा इत्यादि सामान बोक्ने भनेको ट्रिपर ले नै हो । त्यसको लागि सानो गाडिले सम्भव छैन, ट्रकबाट पनि साध्य लाग्दैन । ट्रिपर रफ बाटोमा पनि जान्छ । कि यसको आयात नै बन्द गर्नुपर्‍यो होइन भने ट्रिपर व्यवसायीले कर पनि तिर्‍या छ, रुट पर्मिट तिर्‍या छ । उनीहरूलाई चोर आए जसरी आउनुपर्ने र जानुपर्ने ?

अहिले ६० प्रतिशत भन्दा बढी स्वरोजगार व्यवसायी छन् । उसमा कति आश्रित छन् त ? त्यो व्यवसायलाई यही तरिकाले राती मात्रै चलाउन दिने अथवा दिनको एक ट्रिप मात्रै गर्न दिने हो भने सबैले पेसा छोड्न थालिसके । फेरी विदेश प्यालयन हुन लागिरहेका छन् । आठ-दश लाख कमाएर यहाँ ट्रिपर किनेर आफ्नै स्वदेशमा परिवार बसेर केही गरौँ भन्ने योजनासहित युवा काम गरिरहेका छन् । तर, यो त राज्यले पेसा छोड भने जस्तो भयो । त्यस कारण यसलाई पिक आवर बाहेकको समयमा सञ्चालनमा ल्याउनुपर्छ भनेको हो ।

कोरोनाको कारण कस्तो समस्या भयो ?

कोरोनाको कारण यो क्षेत्रमा धेरै नै समस्या भएको छ । ऋण तिर्न नसेपछि २/३ जनाले त आत्महत्या नै गर्नुभएको छ । कोभिडपछि भर्खरै उठ्न थालेको व्यवसायलाई फेरी यस्ता खालको समस्या आउनु हुँदैन । अब सघं-संस्था, ट्राफिक जनसमुदायहरू सबै मिलेर दुर्घटना न्यूनीकरण गर्न तर्फ लागौँ । टिप्परलाई राती सञ्चालन गर्न तर्फ लागौँ ।

हामी गृह मन्त्रालय, सिडिओ कार्यालय गयौँ, प्रदेश सरकारसँग गयौँ, सबै सम्बन्धित ठाउँमा ज्ञापन पत्र बुझाउने र ध्यानाकर्षण गर्ने काम गरिरहेका छौँ । उहाँहरूले विभिन्न वाहाना अल्झाई रहनुभएको छ । हामी पर्खाइमा खौ । २४ सै घण्टा चलाउन पाउने हो भने बैङ्कको ऋण तिर्न सजिलो हुन्छ ।

भारतीय गाडीहरु स्वतन्त्र रूपमा सञ्चालन किन भइरहेका छन् ? कि नेपाली गाडीहरूलाई पनि भारत जाने वातावरण गराउनुपर्‍यो । हामीले यस्ता विषय उठाउँदा सम्धी लगायतका कुराले अल्झाइरहन्छन् । अहिले सरकारले २०७४ कै कार्यविधि मिची रहेको छ । हामीले गत साल भारतीय गाडिलाई रोक्यौँ, रोकेको दुई–तीन घण्टामै विभिन्न खालका फोन आउन थाले । दूतावासमा फोन आए । उनीहरूको गाडी केही समय मात्रै रोकिए ।

रात्रि मात्रै गाडी ल्याउँदा मर्मत गर्ने ग्यारेजको समस्या छ, ढुङगे अड्डादेखि थानकोटसम्म र भक्तपुरदेखि बनेपासम्म मात्रै छन् । दिउँसो आउन मिल्दैन राती ग्यारेज बन्द हुने भएकाले गाडी बनाउन सकिदैन् । कतिपय गाडीहरू मर्मत नगरिन चलिरहेका छन् । त्यसले दुर्घटना हुन्छ कि हुँदैन ? यसमा अर्को समस्या भनेको यातायात कार्यालय एकान्त कुनामा छ । जाँच पास गर्नुपर्‍यो तर दिउँसो आउन दिँदैन राती कार्यालय खुल्दैन । अब की राती कार्यालय खुल्नुपर्‍यो हैन भने यस्तो अन्यौलता, अप्ठ्यारा नियम लगाएर ट्रिपर व्यवासयीहरुलाई धरापमा पार्न मिल्दैन । ट्रिपर रात भरी कुद्नु पर्छ । राती नसुत्ने भएपछि फेरी दुर्घटना बढ्छ । यसअघि सामान्य भएको दुर्घटना अझै भयावह हुने अवस्था नआउला भन्न सकिँदैन ।

यसको लागि हामीले राज्यसँग पहल गरिरहेका छौ । यसमा नेपालीले रोजगारी पाएका छन् । लगानी पनि नेपालीकै छ । यसलाई हामीले केही राहत दिनुपर्छ भन्ने कुरा राज्यले सोच्नुपर्छ । दिनमा एक ट्रिप गर्या छ्, किस्ता बुझाउन सकिरहेका छैनन् । कम्तीमा दुई ट्रिप गर्ने वातावरण गराउनुपर्‍यो । त्यसका लागि दिउँसो एक टाइम खोल्नपर्छ तर त्यो चैँ पिक आवर बाहेक । यो समय नखोले यो व्यवसाय धराशायी बन्छ ।

आम मानिस ट्रिपर देख्यो की यमराज आयो भनेर भाग्ने प्रचलन हटेको छैन, आम मासिनमा सकारात्मक सोचाइ कसरी विकास गर्ने ?

यसमा दुई-तीन वटा कुरा छन् । विगतमा यसलाई यमराजकै नाममा मान्छेले फरक–फरक तरिकाले प्रचार गरे । ट्रिपर देखेपछि सातो जाने गर्‍यो पनि भनियो । हामी पनि हिँड्दा कहिले काँही डर नै लाग्थ्यो । त्यसको कारण के हो भने ट्रिपर पुरै फलामले बनेको हुन्छ । त्यसैले यो बिस्तारै हिँड्दा पनि आवाज ठुलो आउने गर्दछ ।

अर्को कुरा केही चालकहरू आलोकाँचो अल्लारे टाइपका पनि हुने गरेका छन् । तर एउटा चालकको कारण सबै क्षेत्रलाई नै बदनाम गर्न मिल्दैन र हुँदैन तर अहिले यसले गर्दा असल चालकहरू पनि मुछिनु परेको छ । त्यसको नियन्त्रण गर्ने भनेर हामीले ट्रिपरको अगाडिको भागमा हुने झल्ल हटाउने लगायौ ।

हामीले अगाडि देखिने बनाउन तर्फ लाग्यौँ । गाडी आयात हुने कम्पनीहरूसँगै कुरा गरेका छौ । पछिबाट देखिने गरी लुकिन ग्लासको पनि अनिवार्य व्यवस्था गरेका छौ । माथि पट्टी हुने ढालेको पनि सुधार गयौँ । जसले दुर्घटना कम हुन्छ । पहिलेको र अहिलेकोमा धेरै परिवर्तन भएको छ । पहिला हाम्रो सङ्घ संस्था पनि थिएनन् । र यस्ता खालको कार्य गर्नका लागि चालक परीक्षण, दुर्घटना न्यूनीकरण लगायतका सबै काम गर्नलाई संस्था स्थापना गयौँ । हामीले धेरै सुधार भइसकेको छौ । तपाथी सुधार गर्न बाँकी धेरै काम छन् । दुर्घटना कहिले पनि नहोस् भन्ने हामी सबैको चाहना छ ।

अहिले ट्रिपरमा आवाजका कारण पनि त्रास बढी रहेको छ । राती ८ बजेपछि सडक पुरै खाली हुने भएकोले यसको गति झनै बढी हुने गरेको छ । राती बाटो बढी जाम हुने गरेको ट्रिपरकै कारण हो । रातीको जाम हटाउन दिउँसो चलाउने व्यवस्था मिलाउनुपर्छ । दिउँसो सञ्चालनमा आयो भने कागजपत्रको समस्याको साथै मर्मत सम्भार लगायतका सबै काम सहजै हुनेछन् । यसले दुर्घटना पनि न्यून हुन्छ । यसले मानिसमा नकारात्मक सोच पनि न्यूनीकरण गर्छ ।

समितिको अधिवेशन पनि आउँदै छ, तपाई संस्थापक अध्यक्ष पनि हुनुहुन्छ, अबका दिनमा समितिले कस्ता एजेण्डलाई उठाउनु पर्छ ?

चैत २७ र २८ गते हाम्रो अधिवेशन हुँदै छ । समितिको म संस्थापक अध्यक्ष हो । हाम्रो समितिमा २ हजार भन्दा बढी गाडिहरूँ आबद्ध छन् । त्यसमा ट्रक, टिप्पर, मिनी ट्रकहरू पनि रहेका छन् । समाजले सक्षम टिमको नेतृत्वको खोजिरहेको छ ।

व्यवसायीको हक हितका लागि काम गर्ने टिम छानेर निर्विरोध निर्वाचित गर्ने तयारीमा छौ । सम्पूर्ण व्यवसायहरूलाई राहत दिने, राहतको व्यवस्था गराउने, व्यवसायीको हरेक समस्या समाधान गर्न सक्ने खालको टिम ल्याउने योजना छ । हामी चुनावमा सकेसम्म नजाने सोचमा छौँ । यद्यपि भएन भने पनि विद्धानमा आधारमा सम्पन्न गछोैँ ।

आउने कार्यसमितिले गर्नै पर्ने कार्म के-के देख्नुभएको छ ? त्यसमा तपाईको सुझाव के छ ?

संस्थाले व्यवसायलाई तत्कालीन, दीर्घकालीन रूपमा देखिएका समस्याको समाधान गर्नुपर्छ । अहिलेको समस्या भनेको ट्रिपर संचलानमा आउने सकिरहेका छैनन् । यो मुख्य समस्या हो । पुरै समय टिप्पर चलाउने व्यवस्था मिलाउन आवश्यक छ । त्यसपछि संस्थाले सामाजिक कार्यमा जोड दिनुपर्ने आवश्यक छ । व्यवसायीलाई राहतको काम गर्न आवश्यक छ । अहिले हामीले महिनावारी शुल्क उठाईरहेका छौ, त्यसलाई व्यवस्थित गर्नुपर्‍यो, आवश्यक थप गढ गर्नुपर्‍यो । म मालवाहक क्षेत्रको उपाध्यक्ष भएको कारण ट्रिपर मात्रै नभएर ट्रक लगायतका क्षेत्रहरू हेरेको छु ।

अहिले हामीले उठाएको विषय के छ भन्दा राज्यले ठाउँ ठाउँमा काटा राखेको छ । त्यसलाई धर्म काटा भनेको छ । हामीले यो काटा सबैमा समान रूपमा लागु गर्नुपर्छ भनिरहेका छौँ । यसले नेपाली व्यवसायलाई पनि समानता हुनुपर्‍यो । अहिले नेपाली गाडी र भारतीय गाडीमा विभेद भइरहेको छ । धर्म काँटाको नाममा पैसा लिएर गाडी पठाउनु भएन । यो समस्या समाधान गर्न आवश्यक छ । ओभर लोड कन्ट्रोल गर्नु पर्ने भएको छ । भारतीय गाडिलाई पनि कन्ट्रोल हुनुपर्‍यो । भारतीय गाडिले जति पनि सामान बोकेर आउन पाउने ? त्यस्ता गाडी नेपाल आउँदा सडक, पुल नभत्किने ? १७ टन बोक्ने गाडीहरूले ३० टन बोकेर आइरहेका हुन्छन्, त्यसको निगरानी नियन्त्रण खोइ ? किन गरिँदैन ? भारतीय गाडीहरूले माल बोक्नै पाउँदैन ।

राज्यले ठाउँ ठाउँमा काटा राखेको छ । त्यसलाई धर्म काटा भनेको छ, धर्म काटा राखेर धर्म छोडेको छ ।

अहिले नेपाली गाडी र भारतीय गाडीमा विभेद भइरहेको छ । धर्म काँटाको नाममा पैसा लिएर गाडी पठाउनु भएन ।

करिब ७ वर्षअघि बनेको कार्यविधि अनुसार बाहिरी देशबाट आएको सामानहरू भन्सारमा झार्नु पर्छ । टुक्र्याउन नमिल्ने सामानलाई मात्रै त्यस्तै ल्याउनुपर्छ । यसरी सामान ल्याउँदा ओभर लोड भएको छ भने त्यसलाई जरिवानाको व्यवस्था गर्नुपर्‍यो र सम्बन्धित ठाउँसम्म पुग्ने व्यवस्था मिलाउनुपर्‍यो । तर, भारतमा लोड भएका सामान सिधै कालीमाटी, भक्तपुर, पोखरा आएर अपलोड हुन्छन् । यस्तो हुँदा हामीले भारतीय गाडीसँग कसरी प्रतिस्पर्धा गर्न सक्छौ ?

हामीले २ सय प्रतिशतभन्दा बढी भन्सार तिरेर गाडी खरिद गरेको हुन्छौ, हामीले ५० लाख हालेर किनेको गाडी उनीहरूले २० लाखमै किन्छन् । त्यसको टायर, पार्टपुर्जा त्यस्तै मंहगो हुन्छ । अनि कहाँबाट प्रतिस्पर्धा गर्न सकिन्छ ? भारतीय गाडिहरूँ स्वतन्त्र रूपमा सञ्चालन किन भइरहेका छन् । कि त नेपाली गाडीहरूलाई पनि स्वतन्त्र हुन दिनुपर्‍यो । नेपाली गाडी पनि भारत जाने वातावरण गराउनुपर्‍यो, उताबाट आउँछन् भने हामी पनि जान पाउनुपर्‍यो । त्यसो हुँदैन भने सबै खुला गरौँ । हामीले यस्ता विषय उठायौँ भने सम्धी लगायतका कुराले अल्झाइरहन्छन् ।

यदि सम्धीकै कारण हो भने पनि त्यसलाई संशोधन गर्न तर्फ लाग्नुपर्‍यो, अहिले सरकारले २०७४ कै कार्यविधि मिची रहेको छ । हामीले गत साल भारतीय गाडिलाई रोक्यौँ, रोकेको दुई-तीन घण्टामै विभिन्न खालका फोन आउन थाले । उनीहरूको गाडी केही समय मात्रै रोकिए । सिधै दूतावासमा फोन आए ।

जुन गाडिले ओभर लोड बोकेको छ त्यो सामान त्यही झार्नुपर्छ । १५ टनको क्षमता भएको गाडिले २० टन बोक्यो भने सामान त्यही झार्दिने र जरिवाना तिरेर आफ्नो सामान कहाँ पठाउनुपर्ने हो त्यहाँ अर्को गाडिला लोड गरेर पटाइदिनु पर्‍यो । क्षमता जति हो त्यही बराबरको सामान लिएर जानुपर्‍यो । यो कुरा कार्यविधिमा नै  छ ।

जरिवाना पनि एकरूपता छैन । अब हामी आन्दोलनमा जाने स्थितिमा जानुपर्ने भएको छ । भारतीय गाडी अहिलेकै अवस्था अनुसार स्वतन्त्र छोड्ने हो भने हरेक चिज त्यही मार्फत गर्नुपर्‍यो । अवस्था नसुध्रने हो भने हामी सबै गाडी ग्यारेजमै थन्क्याएर बस्न बाध्य उनेछौँ । भारतीय गाडीसँग प्रतिस्पर्धा गरेका कारण अहिले मालबहाक गाडीहरूले किस्ता बुझाउन सकिरहेको छैनन् । भाडामा निकै प्रतिस्पर्धा छ ।

हामीले राज्यले भनेको भाडा लिन सकेका छैनौ । १० टनको भाडा अहिले सरकारले २६-२७ हजार भाडा लिनु भनेको छ । १८-१९ हजार लिएर काम गर्नुपरेको अवस्था छ । सरकारले धर्म काटा राखेर धर्म छोडेको छ । यो अवस्थाको अन्त्य हुनु पर्‍यो, नेपाली, भारतीय सबैमा समानता हुनुपर्‍यो भन्ने हो ।

प्रस्तुतिः बिक्रम सुनार

 

२०७७ चैत्र २७ गते ११:२४ मा प्रकाशित

You can share this post!

गोर्खाज फाइनान्सले बनायो सेयरधनीको हातखाली

सिंगटी हाइड्रोको आइपीओ बाँडफाँट, यसरी थाहा पाउनुहोस रिजल्ट

Related posts