परीक्षा संचालन सम्वन्धी त्रिभुवन विश्वविद्यालयले फेरि निकाल्यो यस्तो सूचना !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कानुन संकालयले परीक्षा फारम भर्ने र संचालन सम्वन्धी जरुरी सूचना निकालेको छ ।

त्रिवि कानुन संकालय डीनको कार्यालयले एलएल.बी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा फारम भर्ने र परीक्षा संचालन हुने भन्दै सूचना निकालेको हो ।

सूचना अनुसार शैक्षिक सत्र २०७६/७७ का लागि वार्षिक प्रणालीमा स्नातक तह एलएल.बी प्रथम वर्षमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षामा सम्मलित हुन चाहानेले बैशाख १४ गतेदेखि जेष्ठ १३ गतेसम्म आवेदन दिनुपर्ने छ ।

परीक्षा आउँदो जेष्ठ २९ गते शनिबार विहान ११ बजेदेखि २ बजेसम्म हुने सूचनामा उल्लेख छ । फारम पाइने र बुझाउने स्थान भने यसै संकाय अन्तर्गत स्नातक तहको एलएल.बी पठनपाठन हुने क्याम्पस तथा कलेजहरु रहेको सूचनामा उल्लेख ।

विस्तृतका लागि हेर्नुहोस् सूचना :

२०७७ चैत्र ३१ गते १६:५२ मा प्रकाशित

You can share this post!

२८ वर्षपछि धितोपत्र बोर्डको योजना पुरा हुँदै

शुक्रवार रूरू जलविद्युत आईपीओ बाँडफाँड हुने

Related posts