काँग्रेस र माओवादीको सरकारले ल्याएको एमसीसी उनीहरुले नै पास हुन दिएनन् : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादीको सरकारले ल्याएको एमसीसी उनीहरुले नै पारित गर्न नदिएको बताउनु भएको छ ।

नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । उहाँका अनुसार अहिले एमसीसीको संसदमा निर्णयार्थ टेबुल गर्ने क्रममा रहेको र निर्णयार्थ टेबुल गर्न खोज्दा विरोध गरेर नदिएको उहाँको भनाई छ । आफुले भने त्यसको माग गरिरहेको ओलीले बताउनु भयो ।

सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत गर्न रोक लगाउने संवैधानिक हक कसैसँग नहुने उहाँको दाबी छ । संविधान नमान्ने र जिद्धि गर्ने प्रवृति बनेको उहाँको भनाई छ । प्रम ओलीले संविधान विपरित कसैलाई काम नगर्न आग्रह गर्नुभयो । यो प्रस्ताव छलफलको लागि संसदमा प्रस्तुत हुनुपर्नेमा ओलीले जोड दिनुभयो ।

२०७८ वैशाख १ गते ११:५२ मा प्रकाशित

You can share this post!

के अब फेरि होला त लकडाउन ? यस्तो छ सरकारको प्रतिक्रिया

के अब फेरि होला त लकडाउन ? यस्तो छ सरकारको प्रतिक्रिया

Related posts