back
NMB ad

‘अबको तीन वर्षमा नेपालको आफ्नै फलाम खानी’

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन वर्षमा फलाम खानी सञ्चालनमा ल्याउने बताउनु भएको छ । नापी विभागले आयोजना गरेको नेपाल ल्याण्ड इन्फरमेसन सिस्टम (नेलिस) र मेरो कित्ता अनलाइन प्रणालीको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अब नेपालमा नै धौवाधीबाट फलाम उत्पादन गर्ने सरकारको लक्ष्य रहेको समेत जानकारी गराउनु भयो । कच्चा पदार्थ आफ्नै देशमा उत्पादन गरेर तीन वर्ष भित्रमा आफ्नै फलाम खानी स्थापना गर्ने बताउनुभयो । सोही अनुुसार नै धौवाधीबाट फलाम निकाल्ने कामले प्राथमिकता पाउने बताउनुभयो ।

उहाँले अब इन्धनबाट चल्ने उद्योग भन्दा पनि इन्धनबाट चल्ने उद्योगतर्फ सरकारको ध्यान रहेको जानकारी गराउनु भयो । अबको जोड पेट्रोल डिजेलबाट चल्ने उद्योग भन्दा विद्युतबाट चल्नेमा जोड दिने बताउनुभयो । नयाँ वर्षसँगै आजबाट नयाँ कामको सुरुवात भएको उहाँको दाबी छ । उहाँले जनताको आकंक्षा पुरा गर्न सबैले धेरै तिरबाट लागिरहेको जानकारी गराउनुभयो ।

उहाँले जमिनको अधिकतम प्रयोग कसरी गर्न सकिन्छ त्यसका लाग्न सबैलाई आग्रह गर्नुभएको छ । इतिहास झल्कने र आधुनिकता टल्कने काम सरकारले गरिरहेकोले आफ्नो गौरवलाई संरक्षण भइरहेको जानकारी गराउनु भयो । विभागले गरेको कार्यक्रम सरकारको असाधारण उपलब्धी भएको भन्दै आगामी दिनमा मानिसको उपस्थिती, कागजको प्रयोग र नगदमा नै हुने काम रोकेर सबैलाई डिजिटल गर्न सरकारले सुरु गरेको ओलीले जानकारी गराउनुभयो ।

कारोबार रोकेर सबै काम डिजिटल नै पैसा तिर्न सकिने व्यवस्था मिलाएको बताउनु भयो । यसले अब नेपाल डिजिटल नेपालमा परिणत हुन थालेको बताउनु भयो । यो कार्यक्रममा यहाँ मात्रै नभएर अन्य क्षेत्रमा पनि आधुनिक दिशामा लैजान लागेको धारणा राख्नुभयो ।

नयाँ नयाँ प्रविधि ल्याएर भएपनि देशलाई आधुनिकतर्फ लैजाने सरकारको योजना रहेको बनाउँदै आज विभागले गरेको कार्यक्रम दक्षिण एशियामा पहिलो भएको ओलीको दाबी छ । उहाँका अनुसार डिजिटल सोयल म्यापिङ, मेरो कित्ता जस्ता कार्यक्रमको सुरुवात गर्ने नेपाल पहिलो मुलुक भएको उहाँको दाबी छ । अब जमिन एकातिर, बसोबास एकातिर, धनीपुर्जा एकातिर हुने समस्या नहुने उहाँको दाबी छ ।

‘१ वर्षको अवधिमा सगरमाथाको उचाइ नापियो, मेरा कित्ता सुरु भयो, डिजिटल सोयल म्यापिङ तयार भएको छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यो सरकारको उल्लेख्य प्रगति हो ।’ अब कृषि, उत्पादन, उत्पादकत्वमा जान आवश्यक रहेको भन्दै आधुनिक नेपालको यात्रा, आधुनिक व्यवसायीक, प्रविधियुक्त नेपाल तर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले लगाउने बस्त्र, आवास, शिक्षा, स्वास्थ्यमा आन्तनिर्भर बन्नेतर्फ सरकार लागेको पनि स्मरण गराउनुभयो । यस्ता कार्यक्रम कार्यान्वयनमा आएपछि नेपाली हुनुमा गर्व गर्न लायक हुने उहाँको तर्क छ । नेपालीको गलत बानीका कारण खाध्य सामग्री अभाव भएको उहाँको धारणा छ ।

नेपालमा उत्पादन राम्रो हुने गरेको भएपनि गलत बानीको कारण खाध्यान्न आयात गर्नु परेको र यसलाई न्यूनिकरण गर्न नेपालीको खाने आनिबानी सुधार गर्न सकेमा खाध्यान्नमा समस्या नहुने ओलीको दाबी छ ।

अहिले देश माछा, मासु, दुध, अन्डामा आत्मनिर्भर बनिसकेको र अब सागसब्जीमा पनि आत्मनिर्भर हुने तर्फ लागेको जानकारी गराउनु भयो । ‘हरियाली भएको, वाताबरण राम्रो भएको, प्रयाप्त पानी भएको देश पनि उत्पादन नभएर आयात गर्ने देश हुनै सक्दैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब आयात घटाउने गरी उत्पादन गर्नुपर्छ, यति राम्रो देशले आयात गर्छ भनेर पत्याउन गाह्रो भयो ।’

अब सरकार हरेक दिन एक पाइला अघि बढ्ने नारासहित देश अघि बढेको भन्दै अब दैनिक एक-एक सिढि माथी उठिरहेको समेत जानकारी गराउनु भयो । विकासोन्मुख देशबाट विकसशिल देशको सूचीमा नेपाल स्तरोन्नतीको लागि सिफारिस भएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्म दिगो विकास लक्ष्य र त्यसको प्यारामिटर पुरा गरेरै छोड्ने बताउनुभयो ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १५:१४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...