back
NMB ad

एक गाउँ एक सहकारी आवश्यक : प्रदेश-२ प्रमुख डा. राजेश अहिराज

Kumari bank ad

काठमाडौं । प्रदेश-२ का प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपालमा एक गाउँ एक सहकारी आवश्यक भएको बताउनु भएको छ ।

राष्ट्रिय सहकारी महासंघसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो । एक गाउँ एक सहकारी हुने हो हरेक नेपालीको आयस्तर बढ्ने, सदस्यले गरेको उत्पादनले बजार पाउने र रोजगारी सृजनामा पनि सहयोग पुग्ने बताउनुभयो ।

देशमा रोजगारीको अभावमा युवाहरु महंगो ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जाने गरेको स्मरण गराउँदै डा. अहिराजले सहकारी संस्थाहरु गाँउ गाँउमा पुग्न, सदस्यको उत्पादनलाई बजारिकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

‘देशभर ३० हजारको हाराहारीमा सहकारी संस्था हुने अनी त्यही देशका मानिस ३६, ४० प्रतिशत ब्याजमा ऋण लिएर किन वैदेशिक रोजगारीमा गएका छन् ? यो ज्यादै चिन्ताको विषय हो’ उहाँले भन्नुभयो ‘कि तपाईहरु मधेशमा पुग्नु भएको छैन, की तपाईहरुको योजनामा मधेश नै परेको छैन, मधेशका युवाहरु आफ्नो खेत खन्न छोडेर चर्को ब्याजमा ऋण लिएर विदेशमा जानु भएको छ र बाकसमा फर्कनु भएको छ ।’

यो विषय आफूलाई मात्रै नभएर सहकारी महासंघका साथै सहकारी अभियानकै लज्जाको विषय भएको उहाँको भनाई छ । त्यस्ता युवाले सहकारी ऐनले भने अनुसार ब्याज पाउन नसकेर नै चर्को ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा जानु परेको भन्दै यसलाई न्यूनिकरण गर्न अब एक गाँउ एक सहकारीलाई अभियानकै रुपमा अघि बढाउनु डा. अहिराजको भनाई छ ।

यसरी अघि बढ्न सकेको खण्डमा युवाहरु विदेश जान छोड्ने र आफ्नै खेत खन्न थाल्ने उहाँको दाबी छ । उहाँले महासंघले गर्ने हरेक कार्यक्रममा मधेशलाई समावेश गरेर अघि बढ्न सुझाव समेत दिनुभयो ।

अहिले सहकारी संस्थाहरुले जिल्लामा शाखा कार्यालय खोल्दा जहाँ बजार छ त्यहाँ मात्रै खाल्नेहुँदा वास्तविक जनताको पहुँचमा सहकारी संस्था पुग्न नसकेको बताउनुभयो । पहिलादेखि नै बैंक तथा वित्तीय संस्था भएको ठाँउमा सहकारी संस्था खोल्दा धेरै अर्थ नहुने भन्दै वास्तविक जनताको पहुँचमा जाने हो भने गाउँ गाउँमा सहकारी संस्था खोल्न आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीको विषयमा गाउँ गाउँमा जनचेतना पनि आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कंडेलले प्रदेश २ मा अझै पनि सहकारी ऐन, नियम नबनेको स्मरण गराउनुभयो । उक्त प्रदेशमा ऐन, नियमन नभएका कारण महासंघले संघ मार्फत गर्ने काम अघि बढाउन समस्या भएको भन्दै ऐन निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । अहिले प्रदेश २ मा धेरै संघ निष्कृय रहेको पनि अध्यक्ष कंडेलले स्मरण गराउनु भयो । एक गाँउ एक सहकारी नीति प्रभावकारी भएको भन्दै यसलाई अघि बढाउन महासंघले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

प्रदेश प्रमुख कार्यालयका सचिव धुर्ब गैडाले ऐन, कानून निर्माणमा समन्वय र सहजिकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रममा राख्नुपर्ने विषयको जानकारी गराउन आग्रह गर्नुभयो । उहाँले सहकारीसँग सम्बद्ध विषयलाई आगामी आवको नीति तथा कार्यक्रममा समावेश गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भयो ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १९:५१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...