रुरु जलविद्युतकाे आइपीओ केही समयमा बाँडफाँड हुने

काठमाडौं । आज ( बैशाख ३) गते बिहान ८ बजे रूरू जलविद्युत् परियोजनाको आईपीओ बाँडफाँड हुने भएको छ ।

परियोजनाको आइपीओमा २ करोड ३४ लाख १४ हजार १४० कित्ताका लागि १६ लाख ७० हजार ९११ जनाले आवेदन दिएकाे विक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

क्यापिटलका अनुसार यो आइपीओमा २ अर्ब ८० करोड ९६ लाख ९६ हजार ८ सय रुपैयाँको आवेदन परेको छ ।

परियोजनाले चैत २० गतेदेखि आइपीओ निष्काशन गरेको थियो । प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता १२० रुपैयाँमा आइपीओ निष्कासन गरेको हो ।

४ लाख ७ हजार ७०६ कित्ता आइपीओमा ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

माग भन्दा बढि आवेदन परेका कारण गाेलाप्रथा गरेर बाँडफाँड हुने छ ।

२०७८ वैशाख ३ गते ०७:२१ मा प्रकाशित

You can share this post!

एक गाउँ एक सहकारी आवश्यक : प्रदेश-२ प्रमुख डा. राजेश अहिराज

बैशाख ८ गतेदेखि एकीकृत कारोबार गर्दै यी दुई वित्तीय संस्था

Related posts