बैशाख ८ गतेदेखि एकीकृत कारोबार गर्दै यी दुई वित्तीय संस्था

काठमाडौं । बैशाख ८ गतेदेखि लोबल आइएमई लघुवित्त वित्तीय संस्था र स्पर्स लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले चैत १० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले चैत २७ गते अन्तिम स्वीकृति दिएको थियो ।

एक सूचना प्रकाशन गर्दै ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्ति गरे पश्चात ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको जानकारी गराइएको छ ।

दुवै कम्पनीबिच गत पुस २७ गते प्राप्ति सम्बन्धि अन्तिम सम्झौता तथा दुवै कम्पनीको पुस २९ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

२०७८ वैशाख ३ गते ०९:२० मा प्रकाशित

You can share this post!

रुरु जलविद्युतकाे आइपीओ केही समयमा बाँडफाँड हुने

रुरु जलविद्युतकाे आइपीओ केही समयमा बाँडफाँड हुने

Related posts