काठमाडौं । नयाँ वर्षको सुरुवातसंगै सुनको मूल्य पनि वृद्धि हुन थालेको छ । बिहीवार छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९० हजार ५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, नयाँ वर्षको दोस्रो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीवार तोलामा १० रुपैयाँले बढेर १३ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार ११:०० मा प्रकाशित