काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।
वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । कम्पनीको ५.९३ प्रतिशत रहेको कस्ट अफ फण्ड ५.४२ प्रतिशतमा झरेको छ ।
अघिल्लो त्रैमास मसान्तको तुलनामा यस त्रैमासमा तरलता मौज्दातमा ८४.१९ प्रतिशत, जगेडा तथा अन्य कोषमा १७.३७ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ४६ पैसा बढेर १४ रुपैयाँ ८९ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.३९ गुणा छ ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार १२:०५ मा प्रकाशित