रुरु जलविद्युतको नतिजा हेर्न अझै कति लाग्छ समय ? यसो भन्छ विक्री प्रबन्धक !

काठमाडौं । रुरु जलविद्युत परियोजनाको आईपीओ नतिजा थाहा पाउनका लागि अझै केही समय लाग्ने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड को कार्य भइरहेकाले  अझै १ घण्टापछि हेर्न सकिने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जानकारी दिएको छ ।

नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ ।

यसका साथै, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलबिद्युत परियोजना लिमिटेडको वेभसाइटबाट पनि नजिता हेर्न सकिनेछ ।

कम्पनीको आईपीओ आजै बिहान साढे आठ बजे बाँडफाँड भएको छ । गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले हात पारेका छन् ।
कम्पनीको सेयर ३७ हजार ९१६ जना आवेदकले मात्र पाएका हुन् ।

क्यापिटलका अनुसार सर्वसाधारणमा निष्काशन गरिएको ३ लाख ७९ हजार १६७ कित्ता सेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले गोलाप्रथाबाट १० कित्ता पाएका हुन् ।

यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता सेयर पुनः सेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई थप १ कित्ता वितरण गरिएको हो । ७ जनाले ११ कित्ता र ३९ हजार ९०९ जनाले १० कित्ता पाएका छन् ।

२०७८ वैशाख ३ गते १२:४७ मा प्रकाशित

You can share this post!

एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय ! (विज्ञप्तिसहित)

एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय ! (विज्ञप्तिसहित)

Related posts