back
NMB ad

क्यूआर कोड सेवाले नयाँ नोटको छपाईमा बाहिरिने ठुलो रकम कटौती गर्छ : गभर्नर अधिकारी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउनुभएको छ ।

नेपालगञ्ज स्थित पवित्र वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकद्वारा संचालन गरेको क्युआर कोड सेवाको उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।

क्यूआर कोड मार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गर्दै अधिकारीले कोड सेवा अत्यन्त सरल र सुरक्षित रहेको र यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुने हुदाँ सरकारलाई समेत यसबाट प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो ।

माछापुच्छ्रे बैंकले उक्त कोड सेवा भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको भन्दै यस प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने अधिकारीले बताउनुभयो । सोही अवसरमा बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा क्यूआर सेवा प्रदान गर्दै आइरहेको भन्दै प्रशंसा समेत गर्नुभयो ।

माछापुच्छ्रे बैंकले आजै नेपालगञ्जको पवित्र स्थल वागेश्वरी मन्दिरमा क्यूआर कोड सेवा सुरु गरेको हो । बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १५:०५ मा प्रकाशित

You can share this post!

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:४१

काठमाडौं । साताको तस्रो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

मोटरसाइकल र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४९

भद्रपुर (झापा) १२, वैशाख : झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान...

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

आजको मौसम : केही स्थानमा हुरीबतासको चेतावनी

वि.सं.२०८१ वैशाख १२ बुधवार ०९:४४

काठमाडौँ, १२ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...