१ करोड बढी कर छल्ने जय पशुपति ईम्पेक्ससहित ५ जना विरुद्ध मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले १ करोड १३ लाख ५ हजार ५१४ रुपैयाँ कर छलि गर्ने ५ जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

धनुषा देवपुरा रुपैठा स्थायी ठेगाना भई हाल बाङ्गेमुढा, काठमाडौं बस्ने जय पशुपति ईम्पेक्स फर्मका प्रोप्राईटर रेखा देवी दास समेत ५ जनालाई विभागले १ करोड १३ लाख ५ हजार ५१४ रुपैयाँ विगो जफत एवं असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको जनाएको छ ।

दास तथा भन्सार प्रतिनिधि सुरेन्द्र बहादुर श्रेष्ठले आपसी मिलेमतोमा भारतीय ट्रकमा शिशाको खाली बोतल लोड गरी उक्त बोतलमाथि त्रिपालले छोपी लुकाई छिपाई ल्याएको पोतेको भन्सार तिरेको निस्सा तथा कागजातहरु माग गर्दा पेश गर्न नसकेकोले मुद्धा दायर गरेको हो ।

विचनगले उक्त फर्मका प्रोप्राईट रेखा देवी दास, मुख्य कारोवारी विकास लाल दास, गाडी चालकद्वय सुदिप श्रेष्ठ र राज कुमार तथा भन्सार प्रतिनिधि सुरेन्द्र बहादुर श्रेष्ठलाई उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको हो ।

 

२०७८ वैशाख ३ गते १७:०० मा प्रकाशित

You can share this post!

विद्यालय सञ्चालन सम्वन्धी नयाँ कार्यढाँचा, शिक्षा मन्त्रालयको आयो यस्तो निर्देशन !

विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

Related posts