नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित हुनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधानबमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको हो ।गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गर्नुभयो ।

चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताउनुभयो । २००५ साल साउन १५ गते जन्मिनुभएका लोकमान्य गोल्छा प्रतिष्ठित व्यावसायिक घराना गोल्छा अर्गनाइजेसनका अध्यक्ष हुनुहुन्थ्यो ।

हाल उहाँका हंशराज हुलासचन्द एण्डको हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । गोल्छा २०२८ सालमा नेपाल चेम्बर अफ कमर्समा आबद्ध हुनुभएको थियो ।

२०७८ वैशाख ३ गते १७:२० मा प्रकाशित

You can share this post!

विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

विशेष अदालत काठमाडौंमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

Related posts