back
NMB ad

१ खर्ब १८ अर्ब निक्षेप संकलन गरेका बैंकले दिए १ खर्ब ६१ अर्ब ऋण, कुन बैंकको कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा वाणिज्य बैंकहरु निक्षेप संकलनका साथै कर्जा लगानीमा निकै आक्रमक देखिएका छन् । बैंकर्स संघको तथ्याङक अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकहरुले १ खर्ब १८ अर्ब निक्षेप संकलन गर्दा १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

पछिल्लो समयमा बैंकहरु निक्षेप संकलनमा जति आक्रमक हुन थालेका छन् त्यो भन्दा बढी कर्जा लगानीको माग बढेको छ । करिब ६ महिना कडा लकडाउनपछि विस्तारै लकडाउन सहज बन्दै जाँदा कर्जाको माग पनि बढिरहेको छ । पछिल्लो समयमा कोरोनाको असर न्यून प्रायः हुँदै गएपछि कर्जाको माग निकै बढेको तथ्याङकले देखाएको छ ।

फागुन मसान्तमा बैंकहरुले ३८ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३४ खर्ब १२ अर्ब २ करारुपैयाँ कर्जा लगानी गरेका थिए । चैत मसान्तसम्म आईपुग्दा वाणिज्य बैंकहरुले ३९ खर्ब ४४ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गेरर ३५ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा बैंकहरुको १ खर्ब १८ अर्ब निक्षेप संकलन गरेर १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
चैत महिनाको अन्तिम शनिबार र सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुलेका थिए । कर संकलनको लागि भन्दै राष्ट्र बैकले बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको थियो ।

राजस्व संकलनले गर्दा यो ४ दिनमा एक सातामा संकलन हुने निक्षेप भन्दा बढी निक्षेप संकलन भएको छ । चैत अन्तिम ४ दिनमा मात्रै ३१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । चैत २७ गतेसम्म ३९ खर्ब १३ अर्ब संकलन भएको निक्षेप ३१ गतेसम्म पुग्दा ३९ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।

संघको तथ्याङक अनुसार यो अवधिमा सबैभन्दा बढी निक्षेप संकलन एनआइसी एसिया बैंकको रहेको छ । बैंकले २ खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा लगानीमा पनि एनआईसी एसिया बैंक नै अघि रहेको छ । यो अवधिमा बैकले २ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै निक्षेप संकलन र कर्जा लगानीमा ग्लोबल आईएमई बैंक दोस्रो नम्बरमा रहेको छ । चैत महिनामा बैंकले २ खर्ब ५८ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३५ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा सबैभन्दा कम निक्षेप संकलन नेपाल बंगलादेश बैंकको रहेको छ । बैंकले ७२ अर्ब २८ करोड निक्षेप संकलन गरेको छ । बैंकले कर्जा लगानी ६८ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कर्जा लगानी थोरै गर्ने बैकमा स्टयान्र्ड चार्टर्ड बैंक रहेको छ । बैंकले ६४ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १७:३५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...