back
NMB ad

मृगौलासम्बन्धी सल्यचिकित्साको क्षेत्रमा नेपालको असाधारण प्रगतिः प्रम ओली

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मृगौलासम्बन्धी सल्यचिकित्साको क्षेत्रमा असाधारण र नमुनायोग्य प्रगति गरेको बताउनुभएको छ । राजधानीमा सुरु भएको नेपाल युरोलोजिकल सल्य चिकित्सक संघको छैठौं वार्षिक हाइब्रिड सम्मेलनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

‘मैले एक वर्षअघि मात्र स्वदेशमै दोस्रो प्रत्यारोपण गरेको थिएँ । म विल्कुल स्वस्थ्य छु र प्रधानमन्त्रीको जस्तो गहन जिम्मेवारी सम्हाली रहेको छु,’ उहाँको भनाई थियो । प्रत्यारोपण पछिका १३ महिना आफू विना कुनै स्वास्थ्य समस्या काम गरिरहेको बताउँदै प्रधानमन्त्रीले आफू सँगै दुवै पटकका मृगौलादाताहरु समेत स्वस्थ्य र सक्रीय रहेको बताउनुभयो ।

सल्यचिकित्सा करिब २६ सय वर्षअघि ऋषि श्रुषुतले नेपालमै विकास गरेको प्रशंग उल्लेख गर्दै उहाँले त्यसपछि लामो समय अन्तरमा १३ वर्ष अघि फेरि नेपालमा आएको प्रधानमन्त्रीले बताउनुभयो । सन् १९०२ को असफल प्रयासबाट सुरु भएको मृगौला प्रत्यारोपण १९५४ देखिको पहिलो सफलता र त्यसपछि क्रमशः प्रगति भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

पहिलो पटक आफ्नो मृगौला प्रत्यारोपण गर्दा देशमा त्यो सुविधा नभएका कारण भारतमा गर्नुपरेका स्मरण गर्दै उहाँले १३ वर्षपछि सुविधा पाएकै कारण नेपालमा सल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।
नेपालले पहिलो मृगौला प्रत्यारोपण गरेको १३ वर्षमा ठूला उपलब्धीहरु हासिल गरेको समेत प्रधानमन्त्रीले बताउनुभयो । सार्क तथा विश्वका अन्य क्षेत्रका चिकित्सक हरुको अनुभव आदान प्रदानले यस क्षेत्रमा थप प्रगतिको बाटो खोलेको बिचार उहाँको थियो ।

वि.सं.२०७८ वैशाख ४ शनिवार १२:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...