आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाली बजारमा आज (बेशाख ५ गते) छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।

शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो कारोबार दिन तोलाको १३ सय रुपैयाँ थियो । आज पनि सोही मूल्यमा खरिदविक्री हुने महासंघले जनाएको छ ।

२०७८ वैशाख ५ गते १०:४८ मा प्रकाशित

You can share this post!

पायोनियर लगानीकर्तासँग आवद्ध भएर उद्यमी बन्न चाहनुहुन्छ ? महासंघले गर्यो योग्यतासहितको आव्हान

पायोनियर लगानीकर्तासँग आवद्ध भएर उद्यमी बन्न चाहनुहुन्छ ? महासंघले गर्यो योग्यतासहितको आव्हान

Related posts