भोलि यी दुई कम्पनीको साधारणसभा हुँदै, के-के छन् एजेण्डा ?

काठमाडौं । भोलि दुई वित्तीय कम्पनीको साधारणसभा हुँदै छ । मंगलबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनीले छुट्टाछुट्टै स्थानमा सभा गर्दैछन् ।

कालिका लघुवित्तले बिहान ८ बजे होटल टास्क इन्टरनेशनल प्रालि कास्कीमा हुने सभाले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले सभा युनाइटेड वल्र्ड सेन्टर त्रिपुरेश्वरमा बिहान ११ बजे गर्न लागेको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

सभाले लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा दूई जनाको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

२०७८ वैशाख ६ गते १३:३२ मा प्रकाशित

You can share this post!

भोलि सार्वजनिक बिदा !

भोलि सार्वजनिक बिदा !

Related posts