काठमाडौं । वैशाख ३० गते जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका१०औं वार्षिक साधारणसभा हुने भएको छ ।सोमबार (वैशाख ६ गते) बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको जनाएको छ ।
सभाले आव २०७६/७७ को मुनाफाबाट ४९.४० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि २.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा र लाभांश प्रयोजनका लागि वैशाख २३ गते (एक दिन) बुक क्लोज गर्ने गर्दै छ ।
सभाको अन्य प्रस्तावमा कम्पनीको अधिकृत पूँजी वृद्धि गरी ५० करोड पु¥याउने, बोनस जारी गरेपछि कम्पनीको जारी तथा चुक्तापूँजीमा वृद्धि हुने भएकाले सोही बमोजिम जारी तथा चुक्तापूँजी वृद्धि गरी कम्पनीको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने, यस कम्पनी र अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका एजेण्डा रहेको छन् ।
वि.सं.२०७८ वैशाख ७ मंगलवार ११:४४ मा प्रकाशित