सकियो अजोड इन्स्योरेन्सको तेस्रो बार्षिक साधारणसभा, दुई सञ्चालक निर्विरोध निर्वाचित

काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडको तेस्रो बार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को तेस्रो वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ भने उक्त अवधिमा ६८ करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले हालसम्ममा सात ओटा प्रादेशिक कार्यालय, २२ ओटा शाखा, १७ ओटा उपशाखा कार्यालयहरु र १० ओटा बीमा काउण्टरहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।

सभाले सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने पानुदत्त पौडेल र सिर्जना सुवेदी निर्विरोध निर्वाचित गरेको छ । साथै कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णु प्रसाद नेपाललाई नियुक्त गरेको छ ।

२०७८ वैशाख ७ गते १७:४३ मा प्रकाशित

You can share this post!

करिब १२ अर्बको हकप्रद सेयर निष्काशन गर्दै यी कम्पनी, कुनको कति ? (सूचीसहित)

करिब १२ अर्बको हकप्रद सेयर निष्काशन गर्दै यी कम्पनी, कुनको कति ? (सूचीसहित)

Related posts