तीन महिनापछि कारोबारमा आएको विशाल बजार कम्पनीको आज कति बिक्यो सेयर ?

काठमाडौं । तीन महिनापछि कारोबारमा आएको विशाल बजार कम्पनीको सेयर मूल्य उच्च वृद्धि भएको छ । आजैदेखि काराबोरमा आएको उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन विशाल बजारको प्रतिकित्ता २८८ रुपैयाँले बढेर ३ हजार १६८ पुगेको छ । सिन्धु विकास बैंकको २६ रुपैयाँले वृद्धि भई प्रतिकित्ता २८६ पुगेको हो ।

आज उक्त कम्पनीको १७ लाख ३३ हजार ५९० रुपैयाँको सेयर कारोबार भएको छ । बिहीवार कम्पनीको ५सय ५५ कित्ता सेयर किनबेच भएको नेप्से जनाएको छ ।

नेप्सेले कम्पनीले कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरणहरु उपलब्ध नगराएको भन्दै गत माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो ।

कम्पनीले आव २०७३/७४, ०७४/७५, ०७५/७६, ०७६/७७ सम्मको लेखापरिक्षण हुन बाँकी र आव २०७७/७८ को पुस मसान्तसम्मको वित्तीय विवरणहरु र अन्य अपरिष्किृत त्रैमासिक तथा अर्धवार्षिक वित्तीय विवरणहरु नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी वित्तीय विवरणहरु अपलोड गरेपछि फुकुवा गरेको हो ।

२०७८ वैशाख ९ गते १५:२८ मा प्रकाशित

You can share this post!

सेयर बजारमा बढोत्तरी, एनआईसी एसिया बैंकको ६२ करोड बढीको कारोबार

सेयर बजारमा बढोत्तरी, एनआईसी एसिया बैंकको ६२ करोड बढीको कारोबार

Related posts