back
NMB ad

लुम्बिनी प्रदेश चेम्बरको अध्यक्षमा टंक पोखरेल

Kumari bank ad

काठमाडौं । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकप्रसाद पोखरेल मनोनित हुनुभएको छ । पोखरेललाई तीन वर्षे कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनित गरिएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गर्नुभयो । अध्यक्षमा मनोनित पोखरेलले चेम्बरको संस्थागत विकासमा सिङ्गो प्रदेश लाग्ने प्रतिक्रिया दिनुभयो ।

‘प्रदेशमा विभिन्न अभियानमार्फत् रोजगारी वृद्धि गर्ने र आयआर्जनमा जोड्नमा हाम्रो ध्यान हुनेछ’, उहाँले भन्नुभयो, ‘चेम्बरको संस्थागत विकास गर्दै व्यावसायिक एकतामा जोड दिनेछौँ ।’ रूपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा सक्रिय पोखरेल रूपन्देही व्यापार संघको २०६४ देखि २०७० सम्म अध्यक्ष हुनुहुन्थ्यो ।

पोखरेलले २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाई अटो मोबाइल्स, हाइड्रो, बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्नु भएको छ । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको नेतृत्व लिए पछि यस क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन र सरकार र निजी क्षेत्रको सेतुको काममा उल्लेख्य प्रगति हुने अपेक्षा यस क्षेत्रका व्यवसायीले गरेका छन् ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १६:४९ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...