अनिश्चितकाल लागि पशुपतिनाथ मन्दिर प्रवेशमा रोक ! (विज्ञप्तिसहित)

काठमाडौं । आजदेखि पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्म सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो ।

आज एक विज्ञप्ति जारी गर्दै विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गइरहेको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको जानकारी दिएको छ ।

“वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएको छ, यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ,”- विज्ञप्तिमा भनिएको छ ।

२०७८ वैशाख १० गते १४:३६ मा प्रकाशित

You can share this post!

बजेट निर्माणमा जुटेको अर्थमन्त्रालयलाई बैंकर्स संघको सुझाव, के–के परे सेयर बजारका विषय ?

बजेट निर्माणमा जुटेको अर्थमन्त्रालयलाई बैंकर्स संघको सुझाव, के–के परे सेयर बजारका विषय ?

Related posts