back
NMB ad

करिब २ अर्बको साढे ४ लाख थान साइकल आयात, कुन देशबाट कति ?

Kumari bank ad

काठमाडौं । नेपालमा १ अर्ब ७० करोड ७० लाख रुपैयाँ बराबरको साइकल आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा विभिन्न देशबाट ४ लाख ५३ हजार ३७५ थान साइकल आयात भएको छ ।

विभागले सार्वजनिक गरेको चैतमसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा छिमेकी मुलुक तथा मित्र राष्ट्रसहित १५ देशहरुबाट साइकल आयात भइरहेको छ ।

चालु आवको नौ महिनामा चीन, भारत, डेनमार्क, घाना, इजरायल, कुवेत, कतार, संयुक्त अरब इमिरेट (यूएई), बेलायत, अष्टे«लिया, जर्मनी, इन्डोनेशिया, ओमन, सिंगापुर, ताइवान, अमेरिका लगायतका देशबाट उक्त साइकल आयात भएको विभागको तथ्याङकमा उल्लेख छ । यी मुलुकहरुबाट साइकल, ट्राई साइकल आयात भएको विभागले जनाएको छ ।

नेपालमा आयात भएका साइकलमा सबैभन्दा बढी भारतबाट आयात भएको विभागले जनाएको छ । पछिल्लो ९ महिनाको अवधिमा भारतबाट १ अर्ब १५ करोड १४ लाख ७५ हजार रुपैयाँको २ लाख ९७ हजार ८४२ थान साइकल भित्रिएको हो ।

विभागका अनुसार चैत मसान्तसम्म चीनबाट ५३ करोड ५२ लाख ६६ हजार रुपैयाँ बराबरको १ लाख ५४ हजार ९७९ थान र ताइवान १ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको १४९ थान साइकल आयात भएको छ ।

त्यसैगरी बेलायतबाट ५ लाख ५ हजार रुपैयाँ बराबरको ६२ थान, यूएईबाट २ लाख ९८ हजार रुपैयाँ बराबरको २६ थान, कतारबाट १ लाख ५५ हजार रुपैयाँ बराबरको ६० थान, डेनमार्कबाट ९ हजार, घानाबाट २० हजार रुपैयाँ, इज्रायलबाट १० हजार रुपैयाँको साइकल आयात भएको छ ।

विभागका अनुसार सिंगापुरबाट ६ हजार रुपैयाँ बराबरको १ थान, कुवेतबाट ४ हजार रुपैयाँको १ थान, अष्टे«लियाबाट ६ हजार रुपैयाँको १ थान, जर्मनीबाट २१ हजार रुपैयाँ बराबरको १ थान र ओमनबाट ३ हजार बराबरको १ थान साइकल आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिकाबाट भने ३ थान मात्रै साइकल नेपाल भित्रिएको छ । उक्त साइकलको मूल्य ९२ हजार रुपैयाँ रहेको छ । यस्तै अन्य देशबाट ६ लाख ३० हजार रुपैयाँ बराबरको ८ थान साइकल नेपाल भित्रिएको विभागको तथ्याङकमा उल्लेख छ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १५:०९ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...