back
NMB ad

२ अर्ब १९ करोड राजस्व छल्ने १३ फर्म विरुद्ध मुद्दा दायर

Kumari bank ad

काठमाडौं । राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ रुपैयाा राजस्व छली गर्ने १३ वटा फर्म विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागका अनुसार सर्लाही स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका-१८ बस्ने अनिल गुप्ता एण्ड एशोसियटसका प्रोपराइटर अनिलकुमार गुप्ता तथा सर्लाही स्थायी ठेगाना भई काठमाडौं-१४ कुलेश्वर बस्ने अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर प्रविण कुमार महतो समेत १३ फर्महरुका प्रोपराईटर गरी १६ जना प्रतिवादीहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता भएको छ ।

ज्ञघ फर्महरुका प्रोपराईटर गरी १६ जना प्रतिवादीहरुले विभिन्न फर्महरुको नाममा नक्कली तथा झुट्टा बिक्री बीजक जारी गरी उक्त फर्महरुबाट कर बीजक बमोजिमको रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको पाइएको छ ।

विभागका अनुसार गुप्ता एण्ड एशोसियटस, अंकुश ट्रेड एण्ड सप्लायर्स, सन्ध्या ट्रेडर्स, लक्की ट्रेड लिंक, मुअन ट्रेडिङ्ग कन्सर्न,दिब्या ईन्टरप्राइजेज, निकी के ट्रेडर्स, एन के डी ट्रेडर्स, जि.एन. ट्रेडर्स, सुवर्ण ट्रेड लिंक, संजय इन्टरनेशनल इन्टरप्राइजेज, अंशु ट्रेड लिंक, कोमल ट्रेड लिंक, पि.एन. आर इन्टरप्राइजेज, आयान टेड्र लिंकले राजस्व छलि गरिएको पाइएको छ । उनीहरु विरुद्ध विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १६:३४ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...