४ करोड ५ लाख ५१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा यस साता  ४ करोड ५ लाख ५१ हजार कित्ता सेयर सूचीकृत भएको छ । यस साता तीन बैंक, दुई लघुवित्त वित्तीय संस्थासहित ७ कम्पनीको सेयर सूचीकृत भएको हो ।

यो साता ५ कम्पनीको बोनस सेयर तीन कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो । यो साता साना किसान विकास लघुवित्त, नागरिक लगानी कोष, गरिमा विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, साधान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र छाङ्दी हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार साना किसान विकासको २५ लाख ५७३.६५ कित्ता बोनस सेयर र १२ हजार ४४२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

यस्तै, नागरिक लगानीकोषको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर, गरिमा विकास बैंकको ४३ लाख ७२ हजार २३०.७३ कित्ता हकप्रद सेयर, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ८८ लाख ८३हजार ७५० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यसैगरि यो साता साधना लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार ४ कित्ता बोनस सेयर, नारायणी डेभलपमेन्ट बैंकको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर छाङ्दी हाइड्रोपावरको १ लाख ४१ हजार ७४० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

२०७८ वैशाख १० गते १६:४० मा प्रकाशित

You can share this post!

२ अर्ब १९ करोड राजस्व छल्ने १३ फर्म विरुद्ध मुद्दा दायर

२ अर्ब १९ करोड राजस्व छल्ने १३ फर्म विरुद्ध मुद्दा दायर

Related posts