ग्लोबल आइएमई लघुवित्तले कमायो २१ करोड १५ लाख नाफा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले २१ करोड १५ लाख ७४ हजार रुपैयाँ नाफा आर्जजन गरेको छ । लघुवित्तले सावैजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीले गत आवको सोही अवधिमा ८ करोड ४६ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी ३३ करोड ८ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा भने २७ करोड ८१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८५ रुपैयाँ २६ पैसा, मूल्य आम्दानी अनुपात २९.४२ गुणा, तरलता अनुपात १२.०७ प्रतिशत र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ०४ पैसा पुगेको छ ।

२०७८ वैशाख १३ गते १२:२१ मा प्रकाशित

You can share this post!

आज कति छ सुनचाँदीको मूल्य ?

९५.६८ प्रतिशतले बढ्यो स्पर्स लघुवित्तको नाफा, कति कमायो ? (विवरणसहित)

Related posts