९५.६८ प्रतिशतले बढ्यो स्पर्स लघुवित्तको नाफा, कति कमायो ? (विवरणसहित)

काठमडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले ३ करोड ५१ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत वर्षको १ करोड ७९ लाख ६७ हजार रुपैयाँ कमाएको थियो ।

कम्पनी सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अुनसार गत वर्षको तुलनामा कम्पनीको नाफा ९५.६८ प्रतिशतले बढेको हो ।

गत वर्ष ६२ लाख ३० हजार रुपैयाँ खराब कर्जा संकलन गरेको कम्पनील यो वर्ष ३ करोड १८ लाख ८६ हजार रुपैया उक्त कर्जा संकलन गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ११ करोड २० लाख २९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष्मा ४ करोड ७४ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले ३० करोड ३१ लाख ८२ हजार निक्षेप संकलन गगरी १ अर्ब २५ करोड ३१ लाख २८ हजार कर्जा प्रवाह गरेको विवरण उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।

२०७८ वैशाख १३ गते १२:५५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई लघुवित्तले कमायो २१ करोड १५ लाख नाफा

ग्लोबल आइएमई लघुवित्तले कमायो २१ करोड १५ लाख नाफा

Related posts