बैंक तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्नेः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंक ६६ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सव का अवसरमा गभर्नर महाप्रसाद अधिकारी तथा राष्ट्र बैंकले परिवारबाट शुभकामना सन्देश जारी भएको छ ।

शुभकामना सन्देशमा बैंक तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने उल्लेख छ । यस्तै मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन सदा समर्पित रहने प्रतिबद्धता रहेको छ ।

उक्त शुभकामना सन्देशमा मुलुकको आर्थिक स्थायित्व, अर्थतन्त्रको दिगो विकास, सुरक्षित एंव सक्षम भुक्तानी प्रणालीको विकास, मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी त्यसको व्यवस्थापन गर्ने उल्लेख रहेको छ ।

२०७८ वैशाख १४ गते १३:१७ मा प्रकाशित

You can share this post!

५४.१२ प्रतिशतले बढ्यो सिद्धार्थ बैंकको नाफा, यस्तो छ वित्तीय विवरण

६३ प्रतिशतले बढ्यो नेपाल बंगलादेश बैंकको नाफा, कति कमायो ?

Related posts