back
NMB ad

निषेधाज्ञाको समयमा ठूला परियोजना, उद्योग कलकारखाना खोल्न महासंघको सरकारलाई आग्रह

Kumari bank ad

‘लघु घरेलु एवं साना तथा मझौला उद्योगलाई थप राहत चाहियो’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निषेधाज्ञाको समयमा आर्थिक महत्व बोकेका ठूला परियोजनाहरूको निरन्तर संचालनको सुनिश्चितता, उद्योग कलकारखानाहरूको संचालन गर्न सरकारलाई आग्रह गरेको छ ।

उत्पादित सामानहरूको सहज आपूर्ति, ढुवानी, बिक्री वितरण, कच्चा पदार्थको आयातमा सहजता सहित उद्योग व्यवसाय संचालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउन महासंघले सरकारसँग आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपायहरू अलवम्वन गरी निशेधाज्ञाको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि संचालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको जनाएको छ ।

निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई राहतको व्यवस्था गर्न महासंघ सरकारसंग आग्रह गरेको छ । रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनामा संलग्न गराई कामसगै राहत उपलब्ध गराउन सकिने महासंघको धारणा छ ।

यसैगरी लघु घरेलु एवं साना तथा मझौला उद्योगका लागि गत बर्ष घोषणा भएको राहतको निरन्तरतासंगै नया लहरबाट सिर्जना हुने समस्या समाधानका लागि थप राहतका कार्यक्रम अहिले नै घोषणा गर्न महासंघ सरकारसमक्ष अनुरोध गर्दछ ।

फ्रन्टलाइनमा बसेर सेवा र वस्तु उपलब्ध गराउने व्यवसायीलाई प्राथमिकतामा राखि खोप उपलब्ध गराउन पनि महासंघ सरकारसंग आग्रह गरेको छ । व्यवसाय संचालन गर्दा सम्पूर्ण स्वस्थ्य सतर्कता अपनाउन आम व्यवसायीहरूसमक्ष महासंघ अपिल गरेको छ ।

विगतमा झै यसपटक पनि संकटको बेलामा अनावश्यक संचिति र मूल्य वृद्धि नगरि आम सर्वसाधारणलाई सेवा प्रदान गर्न पनि महासंघ सम्पूर्ण व्यवसायीहरूलाई आग्रह गरेको छ ।

आवश्यक सामाग्रीहरूको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायीहरू निरन्तर क्रियाशील रहेको जानकारी गराउदै महासंघ आम उपभोक्ताहरूलाई पनि अनावश्यक संचिति नगरिदिन अपिल गरेको छ ।

सरकार निजी क्षेत्र र आम जनता एकजुट भएमा जोखिम कम गरि फेरि छिट्टै नै सहज अवस्थामा आप्mना दैनिक काम गर्न सकिने महासंघको विश्वास रहेको जनाएको छ । संक्रमण फैलन नदिन र बिरामीहरूको उपचारका लागि अस्थायी आइसोलेसन, क्वारिन्टीन र अस्पताल समेतको आवश्यकता पर्ने देखिएको छ । यसमा केन्द्र प्रदेशसंग स्थानिय तह पनि उत्तिकै संवेदनशील भई संक्रमण फैलन नदिन र उपचार सेवा उपलब्ध गराउन तत्पर रहनुपर्ने महासंघको बुझाई छ ।

संकटको घडिमा नेपाल उद्योग बाणिज्य महासंघ सरकार एवं आम उपभोक्ताको साथमा रहेको प्रतिवद्धता जनाउदै आवश्यक सहयोग र सहकार्यका लागि सदा तत्पर जनाएको छ ।

कोभिडको दोस्रो लहरले निम्त्याएको यस असहज परिस्थितिप्रति निजी क्षेत्र पनि अत्यन्त चिन्तित र संवेदनशील छ । कोभिड महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्रमा पुर्याएको क्षतिको बारेमा पनि स्मरण गराएको छ । गत आर्थिक बर्षमा १.९९ र चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४.६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रह्यो ।

दोस्रो त्रैमास देखि तंग्रिन थालेको अर्थतन्त्रमा फेरि संक्रमण बढदै जादा असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्र सहित आम जनता सवैको अहिलेको प्रमुख दायित्व फेरि पनि संक्रमणलाई पैmलिन नदिइ अर्थतन्त्रलाई पनि चलायमान बनाउनु हो ।

वि.सं.२०७८ वैशाख १४ मंगलवार १९:१९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...